बुधबार, साउन २३ गते २०८२

गोरखा-ताकुकोट सेवा समाजले काठमाडौंमा गाईजात्रा कार्यक्रम गर्ने

गोरखा-ताकुकोट सेवा समाजले काठमाडौंमा गाईजात्रा कार्यक्रम गर्ने

अखबार दैनिक
बुधबार, साउन २३ २०८२
  • गोरखा-ताकुकोट सेवा समाजले काठमाडौंमा गाईजात्रा कार्यक्रम गर्ने

    काठमाडौँ । गोरखा ताकुकोट सेवा समाजले काठमाडौंको आयाृजनामा  यो वर्ष पनि गाईजात्रा निकाल्ने भएको छ । पुर्ख्यौली घर बारपाक–सुलिकोट गाउँपालिका–६, ताकुकोट भई काठमाडौंमा बसोबास गर्दै आएका उनीहरूले काठमाडौंमै आफ्नो संस्कृतिलाई जोगाउँदै हरेक वर्ष जस्तै यो वर्ष पनि गाईजात्रा प्रदर्शन गर्ने तयारी रहेको संस्थाका उपाध्यक्ष राजन बाबु श्रेष्ठले  जानकारी दिनु भयो । काठमाडौंमा बसोबास गर्ने गोरखा ताकुकोटका नेवार समुदाय र गोरखा ताकुकोट सेवा समाज काठमाडौंको संयुक्त आयोजनमा यही आउदो साउनको २५ गते आईतबार गाईजात्रा निकाल्ने भएको छ ।

    images

    सेवा समाज काठमाडौंले गाईजात्रा विगत ७ वर्ष यता नियमित हरेक वर्ष गर्दै आएको छ । ताकुकोटबाट काठमाडौँ आई विभिन्न पेसा व्यवसाय गरी बस्ने सबै जातजातिहरू मिलेर संयुक्त रूपमा गाईजात्रा मनाउँदै आएको छन् । समाजले आफ्नो गाउँ ठाउँमा मनाउने गरिएको परम्परागत संस्कृतिलाई संरक्षण गर्न गाईजात्रा निकाल्ने गरेको यस संस्थाका कला–संस्कृति सम्बर्धन समितिका संयोजक होम नारायण श्रेष्ठले बताउनु भयो ।  यस जात्रामा वर्ष भरिमा मृत्यु भएका आफन्तहरूको सम्झनामा महिला बिते मान्छेलाई नै सिँगारेर गाई निकाल्ने र पुरुष बिते मान्छेलाई सिँगारेर आफ्नै परिवार भित्रकालाई सिँगारेर गाई गोरु निकालिन्छ। आफन्त मृत्यु भएकाहरूले मृत्यु हुनेहरूको सम्झनामा फलफूल खुवाउने र बाजा, झुर्मा पनि बजाई घोडा भन्दा अगाडी दश देखी माथि नाच्ने प्रचलन रहेको संस्थाका  उपाध्यक्ष राजन बाबु श्रेष्ठले बताउनु भयो । 

    तिनीहरूलाई हाम्रो भाषामा भोटे तथा चीँदार भनेका हुन्छन्। विभिन्न भेषभुषमा सबैलाई हँसाउने अर्को गाईको नानीहरू महिलाको कपडा लगाएर बनेका साना साना नानीहरू लाई गाईको नानी वा भुसुना भने गरिन्छ ।अर्को रोचक भनेको घोडा जुधाउने दुई वा तिन दुवै तिर बराबर बसेर बिचमा एक एक जनाले समालेर बाजाको तालमा जुधाउने र उफ्रने हुन्छ । अर्को टाकटुके दुई दुई वटा तिन फिट छतिको लट्ठी लिएर दुवैतिर बराबर लट्टी लिएको महिला वा पुरुष लाइनमा बसेर मादलको तालमा गरिने लाई टाकटुके खेल्ने गरिन्छ ।२०७३ साल देखी निरन्तर गाईजात्रा निकाल्दै आएको समाजले नेपालको नमुनासहित छुट्टै पहिचानसहितको गाईजात्रा निकाल्दै आएको संस्थाका महासचिव धिरज उपरकोटीले बताए।

    गोरखाबासीले काठमाडौं आएर पनि आफ्नो सांस्कृतिक नृत्यसहित गाईजात्रा देखाउने गरेको यस संस्थाका अध्यक्ष अनुप श्रेष्ठले बताउनु भयो ।प्रचार प्रसारको अभावमा ओझेलमा परेको छुट्टै संस्कृति र पहिचानसहितको गाईजात्रा सुलिकोटमा सयौँ वर्षदेखि मनाउँदै र निकाल्दै आएको पाइन्छ ।  यो जात्रा काठमाडौंको वनस्थली चोक अक्सफोर्ड ड्राइभिङ सेन्टरबाट बिहान ११ बजेदेखी  अक्सफोर्ड ड्राइभिङ ग्राउण्डबाट सुरु गरि बनस्थली चोकको शिव मन्दिर,खरिबोट,बल्छिधुर्बे फुटसल,राधाकृष्ण मन्दिर,ढुङ्गेधारा हुदै पुन बनस्थली अक्सफोर्ड ड्राइभिङ सेन्टरमा आएर अन्त्य गरिने छ । संस्थाले विशेष गरि  ताकुकाेट बासी तथा गाेरखा जिल्ला लगायत विभिन्न जिल्लाबाट काठमाडाैँ आई बसोबास गर्ने सबैलाई गाईजात्रामा उपस्थिति हुन आग्रह गरेका छन् ।   

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ