बिहीबार , असोज ३ गते २०८१

सिन्धुपाल्चोक : पहिरोले १३ घर पुरिँदा पाँच घर परिवारका सदस्यहरू बेपत्ता

सिन्धुपाल्चोक : पहिरोले १३ घर पुरिँदा पाँच घर परिवारका सदस्यहरू बेपत्ता

अखबार दैनिक
शुक्रबार, साउन ३० २०७७
  • सिन्धुपाल्चोक : पहिरोले १३ घर पुरिँदा पाँच घर परिवारका सदस्यहरू बेपत्ता

    जुगल गाउँपालिका–२ लिदिको लामा टोलमा पहिरोले १३ घर पुरिँदा पाँच घर परिवारका सदस्यहरू बेपत्ता भएका छन् । पहिरोमा धेरै मान्छे हताहत भएको आशंका गरिएको छ।

    images

    ३ घरका २१ जना पुरिएको, ३ गम्भीर सहित ५ घाइते, उद्धार जारी रहेकाे बताइएकाे छ । तर याे नै पुर्ण तथ्यांक नभएकाे हुनसक्ने बताइएकाे छ ।

    शुक्रबार बिहान करिब चार बजेको समयमा पहिरो गएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

    जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले अहिले पानी पर्न रोकिए पनि पहिरो झरिरहेकाले उद्धार कार्यमा समस्या भएको बताए । उनले हेलिकोप्टर परिचालनको तयारी गरिरहेको बताए ।

    प्रहरी निरीक्षकको नेतृत्वमा कात्तिके र जलवीरे प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतिर प्रस्थान गरेको छ ।

    पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर लिएर घटनास्थलतर्फ जाँदै गरेको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी गराएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ