शुक्रबार, जेठ ४ गते २०८१

पार्टीभित्रको समस्या समाधानका लागि दुवै अध्यक्ष सकारात्मक

पार्टीभित्रको समस्या समाधानका लागि दुवै अध्यक्ष सकारात्मक

अखबार दैनिक
बिहीबार , साउन २९ २०७७
  • पार्टीभित्रको समस्या समाधानका लागि दुवै अध्यक्ष सकारात्मक

    कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ ।

    images

    बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा भएको भेटवार्तामा पार्टीभित्र देखापरेका समस्याबारे छलफल भएको थियो ।

    आजको बैठकमा स्थायी कमिटी बैठकलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको थियो ।

    अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले आजको बैठक सकारात्मक भएको जानकारी दिए ।

    उनले दुवै अध्यक्षबीच पुनः छलफललाई निरन्तरता दिने विषयमा पनि सहमति भएको बताए ।

    स्रोतका अनुसार दुवै अध्यक्ष पार्टीभित्रको समस्या समाधानका लागि सकारात्मक छन् ।

    अध्यक्ष प्रचण्डले स्थायी कमिटी वा केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै आएका छन् । तर, प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा सचिवालय बैठक बोलाउनु उपर्युक्त हुने जवाफ दिएका छन् ।

    प्रधानमन्त्री अ‍ोलीले बुधबारको अन्तर्वार्तामा पाँच दिनभित्र नेकपाभित्रको विवाद सुरु हुने दाबी गरेका थिए ।

    उनले आजबाट पाँच दिनको ‘काउन्टडाउन’ सुरू गर्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ