बिहीबार , असोज ३ गते २०८१

लिवर्टी इनर्जीको आईपीओ भदौ ३ देखि ,१० हजार कित्तासम्म आवेदन दिन सकिने

लिवर्टी इनर्जीको आईपीओ भदौ ३ देखि ,१० हजार कित्तासम्म आवेदन दिन सकिने

अखबार दैनिक
बिहीबार , साउन २९ २०७७
  • लिवर्टी इनर्जीको आईपीओ  भदौ ३ देखि ,१० हजार कित्तासम्म आवेदन दिन सकिने

    २९, साउन,काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले भदौ ३ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको सेयर निष्कासन गरी बाँडफाँड गर्न लागेको हो ।

    images

    सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार मूल्यको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर निष्कासन गरिने कम्पनीका प्रबन्ध निर्देशक आत्माराम घिमिरेले बताए । उनका अनुसार आयोजना प्रभावित स्थानीयले खरिद नगरेको सेयरलाई पनि गाभेर सर्वधारणका लागि बिक्री खुला गरिनेछ ।

    स्थानीयका लागि छुट्याइएको १५ लाख कित्तामध्ये १३ लाख १५ हजार ९ सय ३० कित्ता सेयर बिक्री भएको थिएन । बिक्री नभएको र सर्वसाधारणका लागि छुट्याइएको २२ लाख ५० हजार कित्ता सेयर वितरण गरिने उनले बताए ।

    कम्पनीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले प्रतिकित्ता सय रुपैयाँमा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म खरिद गर्न पाउने छन् । कम्पनीको सेयर खरिद गर्न छिटोमा भदौ ७ र ढिलोमा १७ गतेसम्म आवेदन दिनुपर्नेछ ।

    कम्पनीले निर्माण गरिरहेको आयोजना अन्तिम चरणमा पुगेकाले अर्को वर्षदेखि लगानीकर्तालाई लाभांश दिन सुरु गरिने पनि घिमिरेले बताए । कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको सेयर निष्कासन गरी सकेको छ ।

    कम्पनीले निष्कासन गरी बाँडफाँड गर्न लागेको सेयरका लागि इक्रा नेपालले ग्रेड ४ रेडिङ दिएको छ । यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ । सेयर निष्कासन तथा बाँडफाँको जिम्मेवारी एनआइबिएल एस क्यापिटल पाएको छ ।

    कम्पनीले निर्माण गरिरहेकाे आयोजनाबाट चालू वर्षभित्र विद्युत उत्पादन सुरु हुँदैछ । आयोजना प्रतिमेगावाट १८ कराेड ५४ लाख ४३ हजार रुपैयाँ लागतमा सम्पन्न हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ