नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला २१ सयले बढेको हो ।अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि भएसँगै छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको छ ।