गएराति पर्वतमा पहिरोले घर पुरिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती बेपत्ता भएकी छन । घटनामा उनीहरूकी बुहारीले भने भागेर ज्यान जोगाएकी छन् । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएराति आएको पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा मृत भेटिएको र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएकी जिल्ल प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । अत्यधिक वर्षा भएकाले उद्धारमा समेत कठिनाई भइरहेको उहाँको भनाइ छ ।
