ऐतिहासिक महत्वको गायत्री गुफामा पूर्वाधार निर्माण,फलेवास नगर उपप्रमुख अधिकारी द्धरा उद्घाटन
पर्वत
पर्वतको फलेवास नगरपालिका वडा नं. १० कुर्घा स्थित ऐतिहासिक धार्मीक महत्व बोकेको गायत्री गुफामा विभिन्न पूर्वाधार निर्माण गरिएको छ । सयौँ बर्ष पुरानो धार्मीक महत्वको गुफामा प्रवेशद्धार अर्थात गेट, पर्खाल सहितको ३२० मिटर लामो ताराबार,खानेपानी धारा जडान्,शौचालय निर्माण गरिएको छ भने मन्दिर तथा आश्रमको छाना छाईएको छ । उक्त स्थानमा पूर्वाधार निर्माणको लागि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश बाट १० लाख रकम बिनियोजन भएको थियो ।
सोमबार गायत्री गुफामा निर्माण गरिएको विभिन्न पूर्वाधारहरुको अवलोकन तथा उद्घाटन गर्दै फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले ऐतिहासिक तथा धार्मीक हिसाबले अत्यन्तै महत्व बोकेका पर्यटकीय स्थलहरुको संरक्षण तथा सम्वद्र्वन गनुपर्नेमा जोडदिनुभयो । धार्मिक पर्यटकीयस्थलको पूर्वाधार र प्रचारप्रसार गर्न नगरपालिका, वडा र स्थानीयबासीले सक्रियता देखाउन सके ग्रामीण भेगमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनहुने उहाँको भनाई थियो । प्रकृतिले दिएको रमणीय स्थल, धार्मिक स्थल, ऐतिहासिक स्थल, प्रचीन संस्कृति ईत्यादि आन्तिरिक तथा बाह्य पर्यटकको आकर्षण बन्न सक्ने बताउनुभयो ।
अधिकारीले विकास निर्माणमा कुनै राजनितीक पूर्वाग्राही नराखी एक ढिक्का भएर काम गर्नुपर्ने भन्दै विकास निर्माणका योजनाहरुलाई गुणस्तरीय र पारदर्शी बनाउन स्थानियवासी सक्रीय हुनुपर्ने बताउनुभयो ।
नगरपालिकाले एक वडा एक महिला उद्यमी समूह कार्यक्रम अगाडी बढाएको बताउदै उपप्रमुख अधिकारीले नमुना काम गरि सफल महिला उद्यमी बन्न तथा आत्मनिर्भर हुन महिलाहरुलाई आग्रह गर्नुभयो । “महिलाहरु लाई आत्मनिर्भर बनाउन नगरपालिकाले विभिन्न कार्यक्रमहरु ल्याएको छ, तपाईहरु त्यसमा सक्रियता पूर्वक लाग्नुहोस,उहाँले भन्नुभयो”के के परिकार बनाउन सक्नुहुन्छ,वा के के काम गर्नुहुन्छ गर्नुहोस्, नगरपालीकाले तपाईलाई सहयोग गर्छ, ।
वडाध्यक्ष शालिकराम पौडेलले वडाको विकासले गति लिदै गएको बताउदै वडाको विकासका लागि संघ,प्रदेश र स्थानिय सरकारबाट साना तथा ठुला आयोजनाहरुको लागि यथष्ट बजेट आएको बताउनुभयो । उहाँले नगरकार्यपालिकाले वडा कार्यालय मार्फत योजना बाडफाँड गर्ने गरी वडा कार्यालयमा बजेट पठाउन आनाकानी गरेको गुनासो गर्नुभयो । केहीँ रकम वडा कार्यालयले छनौट गरेका योजनामा खर्च गर्न पाउने गरि वडा कार्यालयले बजेट पाउनुपर्ने उहाँको भनाई थियो ।
गायत्री गुफा सञ्चालन समितिका अध्यक्ष अम्मर बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा वडा कमिटी अध्यक्ष खड्क बहादुर क्षेत्री,वडा सदस्य गोविन्द बहादुर क्षेत्री,वडा सचिव जय बहादुर श्रेष्ठ,सारादा मा.वि.का प्र.अ.जित बहादुर थापा,हराभरा सामाजिक महिला सहकारी संस्थाका अध्यक्ष शोभा कुमारी श्रेत्री,निवर्तमान अनेरास्वव्यूका उपाध्यक्ष लोकेन्द्र पौडेल लगाएतले बोल्नुभएको थियो ।