शुक्रबार, साउन ४ गते २०८२

बाजुरामा धान रोपाइँ तीव्र, ८४ प्रतिशत रोपाइँ सम्पन्न

बाजुरामा धान रोपाइँ तीव्र, ८४ प्रतिशत रोपाइँ सम्पन्न

अखबार दैनिक
शुक्रबार, साउन ४ २०८२
  • बाजुरामा धान रोपाइँ तीव्र, ८४ प्रतिशत रोपाइँ सम्पन्न

    काठमाडौं । बाजुरामा चालू वर्षको धान रोपाइँ कार्य तीव्र गतिमा अगाडि बढेको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा असार महिनाको अन्त्यसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको करिब ८४ प्रतिशत भागमा धान रोपाइँ सम्पन्न भइसकेको छ ।

    images

    धान रोपाइँ जेठ दोस्रो साताबाट सुरु भएको हो। तर, लामो समयसम्म खडेरी परेपछि अधिकांश ठाउँमा रोपाइँ ढिलो भएको थियो । त्यसै पनि असारको अन्तिमसम्म जिल्लाका सबै ९ वटै स्थानीय तहमा धान रोपाइँको काम तीव्ररूपमा अघि बढेको छ ।

    खोलाका किनारमा रहेका सिँचाइ सुविधा भएका खेतमा भने असार १५ भित्रै रोपाइँ सकिएको हो । यद्यपि सिँचाइको सुविधा नपुगेका ठाउँमा आकाशे पानीको भरमा रोपाइँ भइरहेको हुँदा साउन दोस्रो हप्तासम्म पनि रोपाइँ जारी रहने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    जिल्लाका त्रिवेणी, बुढीगंगा, बडीमालिका, गौमुल र खप्तड क्षेत्राधक गाउँपालिकामा पर्याप्त पानी परेपछि समयमै रोपाइँ सकिएको हो । तर, बुढीनन्दा, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा भने पानीको अभावका कारण धान रोपाइँ ढिलाइ भएको केन्द्रका निमित्त प्रमुख जसीराम सहानीले जानकारी दिए ।

    बाजुरामा कुल ७ हजार ३०३ हेक्टर जमीनमा मात्र धान खेती हुने गर्दछ । जसमध्ये हालसम्म ५ हजार २८५ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ