शुक्रबार, साउन ४ गते २०८२

नेकपा बहुमत निकट विद्यार्थी हडतालले आज विद्यालय कतै बन्द, कतै खुला

नेकपा बहुमत निकट विद्यार्थी हडतालले आज विद्यालय कतै बन्द, कतै खुला

अखबार दैनिक
शुक्रबार, साउन ४ २०८२
  • नेकपा बहुमत निकट विद्यार्थी हडतालले आज विद्यालय कतै बन्द, कतै खुला

    साउन २ काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी)ले आह्वान गरेको आम शैक्षिक हडतालका कारण आज अधिकांश शैक्षिक संस्थाहरू बन्द भएका छन् । 

    images

    कतिपय निजी विद्यालयहरूले बिहीबार बेलुका अभिभावकहरूलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । आन्तरिक परीक्षा सञ्चालन भइरहेका कारण कतिपय विद्यालय भने खुलेका छन् ।

    अनेरास्ववियू (क्रान्तिकारी)ले निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका मागसहित आज एक दिन आम शैक्षिक हडताल घोषणा गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ