आइतबार, मंसिर ९ गते २०८१

काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द

काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द

अखबार दैनिक
सोमबार, साउन २६ २०७७
  • काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द

    काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेकका सेवा बन्द हुने भएको छ ।

    images

    मेयर फोरमको आज बसेको बैठकले यस्तो निर्णय लिएको हो ।

    काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सोमबार बसेको बैठकले अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने निर्णय लिएको जानकारी गराए ।

    यसअघि केन्द्र सरकारले १० असारदेखि लकडाउन खुकुलो गरेको थियो भने ७ साउनदेखि लकडाउन खुला गरेको थियो ।

    उपत्यकामा संक्रमण बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका नगरप्रमुखहरू रहने मेयर फोरमले यस्तो निर्णय लिएको हो ।

    यस विषयमा गृह मन्त्रालयले भने आधिकारिक धारणा दिएको छैन ।

    साथै, बैठकले सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन भएपछि संक्रमण तीव्र रूपमा फैलिएको निष्कर्ष निकाल्दै सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार