शुक्रबार, जेठ ४ गते २०८१

आज मन्त्रिपरिषद् बस्दै, लकडाउन बारे निर्णय हुने

आज मन्त्रिपरिषद् बस्दै, लकडाउन बारे निर्णय हुने

अखबार दैनिक
सोमबार, साउन २६ २०७७
  • आज मन्त्रिपरिषद् बस्दै, लकडाउन बारे निर्णय हुने

    मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गर्ने निर्णय हुन सक्ने बालुवाटार स्रोतले जनाएको छ ।

    images

    कोरोना संक्रमण नियन्त्रणमा नआएपछि सर्टडाउनको अवस्थामा रहेको काठमाडौं उपत्यकालगायत देशका विभिन्न प्रदेशमा लकडाउन गर्ने निर्णय लिन सकिने बताइएको छ । कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी)ले भदौ एक गतेदेखि खोल्ने भनिएको अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न आइतबार सिफारिस गरेको थियो ।

    भदौ १५ गतेसम्म यातायात नखोल्न र हवाई उडान सुरु नगर्न सिसिएमसीले गरेको सिफारिसका विषयमा आजको बैठकले निर्णय गर्नेछ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको सार्वजनिक यातायात पनि बन्द गर्न उपत्यका मेयर फोरमले गरेको मागका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

    यसअघि साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको यातायात र हवाई उडान सुरु गर्ने निर्णय गरेको थियो । अब विद्यालय भर्ना लगायतका शैक्षिक गतिविधि पनि असोजपछि मात्र सञ्चालन गर्नेगरी सरकारले तयारी थालेको छ ।

    सिसिएमसीले बैंक तथा वित्तिय संस्थामा ५० प्रतिशत कर्मचारीबाट काम चलाउन र बाँकीलाई १५-१५ दिनमा आलोपालो गर्नका लागि पनि सिफारिस गरेको छ । बैठकले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा थप कडाइ गर्न र भारतबाट आवात जावत हुने विन्दु जम्मा १० वटा तोक्नका लागि पनि सिफारिस गरेको

    प्रतिक्रिया दिनुहोस

    थप समाचार