बिहीबार , असोज ३ गते २०८१

घट्यो सुनको भाउ, कति छ आज मूल्य ?

घट्यो सुनको भाउ, कति छ आज मूल्य ?

अखबार दैनिक
आइतबार, साउन २५ २०७७
  • घट्यो सुनको भाउ, कति छ आज मूल्य ?

    साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा ९ सय रुपैयाँको गिरावट आएको छ । निरन्तर उकालो चढ्दै गएको सुनको मूल्य आइतवार घट्दै प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    नेपाल सुनचाँदी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतवार तेजावी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रतितोला १ लाख ३ हजा र रुपैयाँमा कारोबार भएको थियो । आइतवार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ