आइतबार, जेठ ६ गते २०८१

भारतद्वारा भेन्टिलेटर सहयोग

भारतद्वारा भेन्टिलेटर सहयोग

अखबार दैनिक
आइतबार, साउन २५ २०७७
  • भारतद्वारा भेन्टिलेटर सहयोग

     

    images

    जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच भारतिय महामहिम राजदुत विनय मोहन क्वात्राले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई दश थान भेन्टिलेटर (ICU Ventilator) हस्तान्तरण गर्नु भएको छ । कोभिड-१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी "कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७" को सफल कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले मित्रराष्ट्र भारतद्धारा नेपाली सेनालाई २ करोड ८० लाख भारतीय रुपैयाँ वराबरको उक्त भेन्टिलेटरहरु उपलब्ध गराएको हो ।

     प्रधानसेनापति महारथी थापाले मित्रराष्ट्र भारतको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार