काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ ।आज सुन तोला ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आइतबार चाँदी प्रतितोला २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी २ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।