आइतबार, मंसिर ९ गते २०८१

भु—संरक्षण दिवसका अवसरमा मैदी ताल परिसरमा वृक्षारोपण, माटो,पानी र रुखविरुवाको संरक्षण गर्न जरुरी

भु—संरक्षण दिवसका अवसरमा मैदी ताल परिसरमा वृक्षारोपण, माटो,पानी र रुखविरुवाको संरक्षण गर्न जरुरी

अखबार दैनिक
शनिबार, साउन २४ २०७७
  • भु—संरक्षण दिवसका अवसरमा मैदी ताल परिसरमा वृक्षारोपण, माटो,पानी र रुखविरुवाको संरक्षण गर्न जरुरी

    पोखरा
    भु—संरक्षण दिवसका अवसरमा पोखरा महानगरपालिका वडा नं. २८,३० र ३१ मा पर्ने मैदी ताल परिसरमा वृक्षारोपण गरिएको छ । शनिवार व्यवस्थित जलाधार समृद्धिको आधार भन्ने मुलनाराका साथ मनाईएको भु संरक्षण दिवशको अवसरमा ताल परिसरमा धुपी,कपुर,दाल चिनी,बाँस,राजवृक्ष,तेजपात लगाएतका बिरुवाहरु रोपिएको हो ।
    मैदी तालको सौन्र्यीकरण थप्न आयोजना गरिएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले भू—संरक्षण गर्न नसक्दा मुलुक बर्षेनी बाढी पहिरोको चपेटामा परेको बताउनुभयो । बाढी पहिरो बाट ठुलो जनधनको क्षेती हुने गरेको बताउदै उहाँले भू—संरक्षण गर्ने कार्य तर्फ ध्यानदिनुपर्नेमा जोडदिनुभयो । मन्त्री लम्सालले माटोको संरक्षण हुन नसक्दा बर्षेनी २४ करोड घन मिटर भन्दा बढी खेतीयोग्य जमिन मासिएको बताउदै माटोको संरक्षण र कृषि प्रणाली बिचको अन्योन्याश्रित संबन्धलाई बुझेर समन्वात्मक कार्यक्रमहरुअगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
    भू—संरक्षणका माध्यम बाट हाम्रो माटो,पानी र रुखविरुवाको संरक्षण र जगेर्ना गर्न जरुरी भएको बताउनुभयो । मन्त्री लम्सालले ५ वटा ज जल,जमिन,जंगल,जनावर र जनताको एकिकृत व्यवस्थापनलाई बढो महत्वका साथ हेर्नुपर्ने बताउनुभयो ।
    मन्त्री लम्सालले गण्डकी प्रदेशका ठुला तथा साना तालहरुको सूचीकृत गरी तालको व्यवस्थापन र विकास गर्ने गरि प्रदेश सरकारले योजना तयार पारेको बताउनुभएको छ । ताल तलैया आर्थिक समुन्नतिका लागि महत्वपूर्ण आधार बन्न सक्ने उहाँको भनाई थियो ।
    गण्डकी प्रदेश सभा सदस्य दिपक कोईरालाले प्रदेशका साना तथा ठुला तालको संरक्षण र प्रवद्र्धन गर्न प्रदेश सरकारले ताल प्रधिकरण गठन गरेको बताउदै ताल प्राकृतिक एवम् मानवीय अतिक्रमणको चपेटामा परिरहेको हुँदा त्यसबाट जोगाउनु सरकोकारवाला निकाय र स्थानिवासी निरन्तर लाग्नुपर्ने बताउनुभयो ।
    कार्यक्रममा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयका सचिव डा.दिपक खराल,ताल प्राधिकरणका प्रमुख अनुप गुरुङले जैविक विविधतायुक्त मैदीतालको विकास हुन नसक्नु दुखद भएको भन्दै तालको विकासको लागि भावि योजना तथा कार्यक्रमहरु अगाडी सार्नुपर्नेमा जोड दिनुभयो ।
    मैदी ताल ५३ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ । मैदी तालक्षेत्रमा हाल तालको पुरानो सिमाङ्कन ट्रयाकमा १ मिटर माटो थप्ने, माछापोखरीहरु निर्माण, ट्रयाकको छेउमा वृक्षारोपण गर्ने, तालमा १ मिटरसम्म पानी थुन्न मिल्ने गरि चेक ड्याम निर्माण गरिएको छ । यसको लागी डब्लु डब्लु एफ अन्र्तगत माछापुच्छ्रे विकास संघले १४ लाख,गण्डकी प्रदेश सरकारले ३५ लाख र अन्नपुर्ण संरक्षण क्षेत्र हरियोखर्क पोखराले १८ लाख अनुदान सहयोग गरेको ताल विकास समितिका अध्यक्ष भरतराज न्यौपानेले बताउनुभयो ।

    images

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार