सोमबार, भदौ ३१ गते २०८१

अस्ट्रेलियामा नेपाली मुलका फोटोग्राफर सरोज पन्त उदाउदै

अस्ट्रेलियामा नेपाली मुलका फोटोग्राफर सरोज पन्त उदाउदै

अखबार दैनिक
बिहीबार , साउन २२ २०७७
  • अस्ट्रेलियामा नेपाली मुलका फोटोग्राफर सरोज पन्त उदाउदै

      क्विन्सल्याण्ड राज्यको तोअम्बा ग्रामिण शहरमा बस्दै आएका पन्तले २०१९ सालमा खिचेको एक फोटोले स्थानिय समुदायमा निकै चर्चा पायो । अस्ट्रेलियाको स्थानिय प्रजातिको सुगा जस्तै देखिने “रेन्बो लोरकिट” चराको जोडीलाई “इन्द्रेणी प्रेम” बिम्बको रुपमा पन्तले फोटो फ्रेममा प्रस्तुत गरेका थिए । तस्विरमा मुटु आकारमा अंगालो मारेर बसेका यी इन्द्रेणी रङका दुई चराले माया, स्नेह, सम्बेदना र हेरचाहको विश्वलाई संदेश दिएका छन् ।
    पन्त भन्छन् वन्यजन्तुको तस्वीर हामीले हेर्दा जति सुन्दर हुन्छ त्यसलाइ क्यामारामा कैद गर्न त्यतीनै कठीन छ । उन्ले कुनै तस्वीर लीनलाइ हप्तौ लगाएर पनि कैद गरेको अनुभव सुनाए । भनीन्छनी करोडौ वर्ष पछि हिरा बन्दछ । त्यसरीनै एउटा सुन्दर तस्वीर बन्नलाइ एउटा फोटोग्राफरको संघर्ष हुन्छ । प्रोफेशनल फोटोग्राफी मा लागेका पन्तले नेपालको बन्यजन्तु र अस्ट्रेलियाको वन्यजन्तुको तस्वीरहरु क्यामारामा कैद गरिसकेका छन्। उहाले नेपालको वन्यजन्तुको तस्वीरलाइ अस्ट्रेलियामा बारम्बार प्रस्तुत गर्ने गरेका छन । यस वर्षको अहिले सम्मको उत्कृष्ट तस्वीर उन्ले सार्वजनिक गरेपछी toowoomba को कम्युनिटी बाट विश्वविद्यालयको उप कुलपति सम्म पुग्न गयो र विश्वविधालयको मिटिङ द्धारा उहांको तस्वीरलाइ विश्वविद्यालयमा राख्ने निर्णय गरियो । जुलाइ 29 मा विश्वविद्यालयले “तस्वीर हस्तान्तरण” कार्यक्रमको आयोजना गर्यो । पन्तले गौरवमय तरीकाले राष्ट्रीय पोशाक मा सजीएर नेपालको गौरव राखेर आफ्ना्े उत्कृष्ट सिर्जना विश्वविद्यालयका उप कुलपतिलाइ हस्तान्तरण गरेका छन । पन्तले आउदो बर्षको सुरुवातीमा Toowoomba Council र University को सग्ंलगनतामा आफना उत्कृष्ट तस्वीरहरुको फोटो प्रर्दशनी गर्ने योजना बनाएका छन ।
    पन्त भन्छन्– विश्वमा वन्यजन्तु फोटोग्राफी र नेपालको शिर उच्च हुने कार्यमा लागिरहने छु ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ