आइतबार, मंसिर ९ गते २०८१

जोरबिजोर प्रणाली गण्डकी प्रदेशमा लागु नहुने

जोरबिजोर प्रणाली गण्डकी प्रदेशमा लागु नहुने

अखबार दैनिक
बिहीबार , साउन २२ २०७७
  • जोरबिजोर प्रणाली गण्डकी प्रदेशमा लागु नहुने

     पोखरा
    सरकारले आज देखि लागु गरेको सवारी साधनमा जोरबिजोर प्रणाली गण्डकी प्रदेशमा भने लागु नहुने भएको छ । दुई सय भन्दा बढी संक्रमित रहेका जिल्लामा सरकारले आजदेखि जोर बिजोर प्रणाली लागु गरेकोमा गण्डकी प्रदेशका कुनै पनि जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय नभएका कारण यस प्रदेशमा जोर बिजोर प्रणाली लागु गर्न नपर्ने भएको हो ।
    सरकारले जोर दिन जोर नम्बर प्लेट भएका सवारी साधन र विजोर दिन बिजोर नम्बर प्लेट भएका सवारी साधनमात्र चलाउन दिने र दुई सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक लगाइएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १५६६ पुगेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार