सोमबार, भदौ ३१ गते २०८१

फेसबुकले हटायो ट्रम्पको स्टाटस

फेसबुकले हटायो ट्रम्पको स्टाटस

अखबार दैनिक
बिहीबार , साउन २२ २०७७
  • फेसबुकले हटायो ट्रम्पको स्टाटस

    फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट डिलिट गरिदिएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो । फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो ।

    images

    ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि राखेका थिए । त्यो भिडियोमा ट्रम्पले भनेका छन्- कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन् । फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यस भिडियोमा कोरोना भाइरसबारे गलत दाबी गरिएको छ । यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोना भाइरस संक्रमणको विषयमा गलत सूचना प्रवाहको विरुद्धमा छौं ।’ यसबारे ह्वाइट हाउसको प्रतिक्रिया भने आइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ