आइतबार, मंसिर ९ गते २०८१

प्रहरीले बलात्कार आरोपमा पालुङटार नगरपालिका वडा न ४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई पक्राउ गरेको छ।

प्रहरीले बलात्कार आरोपमा पालुङटार नगरपालिका वडा न ४ का वडाअध्यक्ष ठाकुरकान्त रानाभाटलाई पक्राउ गरेको छ।

अखबार दैनिक
मंगलबार, साउन २० २०७७
  • प्रहरीले बलात्कार आरोपमा पालुङटार नगरपालिका वडा न ४ का वडाअध्यक्ष  ठाकुरकान्त रानाभाटलाई पक्राउ गरेको छ।

    १४ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि वडाअध्यक्ष रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

    images

    पीडित बालिका र आमाले दिएको उजुरीका आधारमा वडाअध्यक्ष रानाभाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी सुरेन्द्रबहादुर गुरूङले बताए ।

    ‘घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ’ उनले भने ‘केहि कानूनी प्रकृया बाँकी रहेकाले अहिले नै केहि बोल्न सकिंन्न ।’

    वडाअध्यक्ष रानाभाट तत्कालिन नयाँ शक्ति पार्टीबाट निर्वाचित भएका हुन् । उनी केहि समयअघि ‘बजेट निकाल्न ‘किर्ते हस्ताक्षर’ गरेको आरोप लागेको थियो ।

    अनुसन्धानमा सघाउन पार्टीको जिम्मेवारीबाट निलम्वन

    उता जनता समाजवादी पार्टी पालुङटार नगरपालिका इकाईले भने अनुसन्धानमा सघाउन पार्टीको जिम्मेवारीबाट निलम्वन गरेको छ ।

    का।वा अध्यक्ष देवीमाया गिरिद्वारा हस्ताक्षर गरिएको प्रेस व्यक्तव्यमा भनिएको छ ‘ प्रस्तृत बिषयमा पालुङटार नगरपालिका वडा न ४ का वडाअध्यक्ष तथा जनता समाजवादी पार्टीका सदस्य ठाकुरकान्त रानाभाट अनुसन्धानको क्रममा हिरासतमा रहनु भएकाले अनुसन्धान प्रकृयालाई सहज बनाउन तत्कालका लागि पार्टिको सम्पूर्ण जिम्मेवारीबाट निलम्वन गरिएको कुरा सम्पूर्ण पार्टी पंति तथा शुभचिन्तकहरू समझ जानकारी गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार