आइतबार, मंसिर ९ गते २०८१

समुदाय स्तरमा कोरोना, वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

समुदाय स्तरमा कोरोना, वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

अखबार दैनिक
आइतबार, साउन १८ २०७७
  • समुदाय स्तरमा कोरोना, वीरगञ्जमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

    १८ साउन, वीरगञ्ज । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको मानिएको वीरगञ्जमा शनिबार मात्र कोभिड-१९ बाट दुई जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

    images

    वीरगञ्ज-१६ नगवा बस्ने ६० बर्षीया महिलाको शनिबार साँझ ६ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

    नारायणी बयोधा अस्पतालको आइसोलेसनमा उपचाररत उनलाई साउन १६ गते शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले शनिबार उनलाई कोरोना विशेष अस्पताल गण्डकमा रिफर गर्‍यो । तर गण्डकमा ल्याइएका संक्रमितलाई बुझ्ने क्रममा मृत्यु भइसकेकेा पाइएको डा. निरज सिंहले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार