सोमबार, भदौ ३१ गते २०८१

भारतमा एकैदिन सबैभन्दा बढी कोरोना संक्रमितलाई निको, लगातार तेस्रो दिन ५४ हजार बढी संक्रमित

भारतमा एकैदिन सबैभन्दा बढी कोरोना संक्रमितलाई निको, लगातार तेस्रो दिन ५४ हजार बढी संक्रमित

अखबार दैनिक
आइतबार, साउन १८ २०७७
  • भारतमा एकैदिन सबैभन्दा बढी कोरोना संक्रमितलाई निको, लगातार तेस्रो दिन ५४ हजार बढी संक्रमित

    १८ साउन, काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु निकै बढेका छन् । लगातार तेस्रो दिन ५४ हजार भन्दा बढी कोरोनाका संक्रमित फेला परेका छन् । शनिबार ५४ हजार ८६५ जना संक्रमित फेला परेका छन् । 

    images

    शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी भाइरसका संक्रमित फेला परेका  थिए । शुक्रबार ५७ हजार ४८६ जना नयाँ संक्रमित थपिएका हुन् । आइतबारसम्म निरन्तर ५० हजारको हाराहारीमा संक्रमित थपिँदै गइरहेकामा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन् । 

    बिहीबार ५४ हजार ७५० जना संक्रमित थपिएका थिए । बुधबार ५२ हजार २६३ जना संक्रमित भएका थिए । मंगलबार ४९ हजार ६३२ जना संक्रमित भएका थिए । सोमबार ४६ हजार ४८४ जनालाई संक्रमण भएको थियो ।

    अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १७ लाख ५१ हजार ९१९ जना पुगेका छन् । मृतक ३७ हजार ४०३ पुगेका छन् । शनिबार ८५२ जनाको ज्यान गएको छ । यो अहिलेसम्मकै तेस्रो उच्च अंक हो । 

    शुक्रबार ७६४  जनाको ज्यान गएको थियो । बिहीबार ७८३ जनाको ज्यान गएको थियो । बुधबार ७७५ जनाको ज्यान गएको थियो । मंगलबार ७७० जनाको ज्यान गएको थियो । 

    हाल ५ लाख ६७ हजार २०५० जना सक्रिय संक्रमित रहेका छन् । शनिबार ५१ हजार २३२ जनालाई निको भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । गत बिहीबार त्यतिन्जेलको सबैभन्दा बढी ३७ हजार ४२५ जनालाई निको भएको थियो । 

    हालसम्म ११ लाख ४६ हजार ८७९ जनालाई निको भइसकेको छ । 

    शनिबार लगातार दोस्रो दिन भारतले ब्रजिललाई पनि उछिनेको छ । ब्रजिलमा ४२ हजार ५७८ जना संक्रमित भएका छन् । शुक्रबार ब्रजिलमा ५२ हजार ५०९ जना संक्रमित थपिएका थिए । 

    समग्रमा ब्रजिल दोस्रो तथा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा ४७ लाख ६३ हजार ६०७ जना संक्रमित पुगेका छन् । मृतक १ लाख ५७ हजार ८७७ पुगेका छन् । ब्रजिलमा २७ लाख ८ हजार ८७६ संक्रमित पुगेका छन् । मृतक ९३ हजार ६१६ पुगेका छन् । 

    साभार : हाम्रो कुरा

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ