शुक्रबार, मंसिर १४ गते २०८१

शंकास्पद कोरोना संक्रमित भेटिएपछि किमले घोषणा गरे सीमावर्ती सहरमा आपतकाल

शंकास्पद कोरोना संक्रमित भेटिएपछि किमले घोषणा गरे सीमावर्ती सहरमा आपतकाल

अखबार दैनिक
आइतबार, साउन ११ २०७७
  • शंकास्पद कोरोना संक्रमित भेटिएपछि किमले घोषणा गरे सीमावर्ती सहरमा आपतकाल

    दक्षिण कोरियाबाट आएका एक व्यक्तिमा कोरोना हुन सक्ने भन्दै उत्तर कोरियाले सीमा क्षेत्रको एक शहरमा आपतकालीन अवस्था घोषणा गरेको छ।

    images

    अवैध तरिकाबाट सीमा पार गरेका व्यक्ति संक्रमित हुन सक्ने भन्दै नेता किम जोङ उनले केसोङ सहरमा लकडाउन तथा आपतकालीन अवस्थाको घोषणा गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।  क्रुर भाइरस देशमा छिरेको हुनसक्ने भन्दै किमले आपतकालीन रूपमा पार्टी पोलिटब्युरोको बैठकसमेत डाकेका छन्।

    ती व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भए उनी उत्तर कोरियाको पहिलो आधिकारिक संक्रमित हुनेछन्। तीन वर्ष अघि उत्तरबाट दक्षिण कोरिया भागेका उनी यही जुलाई १९ मा सीमानजिकको केसोङ शहरमा भेटिएका थिए। उनमा कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको उत्तर कोरियाली समाचार संस्था केसिएनएले  जनाएको छ।

    ती व्यक्तिको कोरोनाभाइरसको परीक्षण गरिएको छ वा छैन भन्ने खुलाइएको छैन।

    उनको नाक, मुख, घाँटीको श्वाव र रगतको मेडिकल जाँचबाट भने कोरोना भाइरसको टुंगो नलागेको समाचारमा जनाइएको छ

    कोरोनाभारइरस पहिलो पटक देखिएको चीन र पछिल्लो समय धेरै संक्रमित देखिएको रूससँग उत्तर कोरियाले सीमा बन्द गरिदिएको छ। अहिलेसम्म उत्तर कोरिया कोरोनाभाइरसमुक्त रहेको त्यहाँका अधिकारीहरूले दाबी गर्दै आएका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार