काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासङ्घका अनुसार सोमबार चाँदी २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारदेखि चाँदीको मूल्य स्थिर छ ।