आइतबार, मंसिर ९ गते २०८१

नारायणगढ–मुग्लिन सडक पुन: अवरुद्ध,सोहि ठाउमा सोमवार खसेको पहिरो ३६ घण्टा लगाएर पन्छाईएको थियो

नारायणगढ–मुग्लिन सडक पुन: अवरुद्ध,सोहि ठाउमा सोमवार खसेको पहिरो ३६ घण्टा लगाएर पन्छाईएको थियो

अखबार दैनिक
शुक्रबार, साउन ९ २०७७
  • नारायणगढ–मुग्लिन सडक  पुन: अवरुद्ध,सोहि ठाउमा सोमवार खसेको पहिरो  ३६ घण्टा लगाएर पन्छाईएको थियो

    ९ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा शुक्रबार बिहान पुनः पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।

    images

    बिहीबार खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो ।

    पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पहिरो ठूलो भएकाले कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उनले बताए ।

    सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिरो ३६ घण्टामा पन्छाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार