अविरल वर्षासँगैको बाढीले नारायणी नदीमा पानीको सतह बढेको छ।
देवघाट र पुल्चोकमा खतराको तह पार गरेकोले नदी किनाराका बस्तीका मानिसलाई सुरक्षित रहन सूचना जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सेतोपाटीलाई बताए।
‘देवघाटमा पानीको खतरा लेबल ८ मिटर हो अहिले ९ क्रम गरिसकेको छ,’ उनले भने, ‘पुल्चोकमा खतराको लेबल १२ मिटर हो त्यो क्रस भइसकेको छ।’
सोमबार दिउँसोदेखि नारायणीमा पानीको वहाब बढेको उनले बताए।
भिडिओ -