बिहीबार , असोज ३ गते २०८१

बाढीका कारण पृथ्वी राजमार्गको पुल भत्कियो

बाढीका कारण पृथ्वी राजमार्गको पुल भत्कियो

अखबार दैनिक
सोमबार, साउन ५ २०७७
  • बाढीका कारण पृथ्वी राजमार्गको पुल भत्कियो

    अविरल वर्षा र बाढीका कारण धादिङमा पृथ्वी राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएको छ । चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्‍याएको छ ।

    images

    मोवाखोलामा आएको बाढीले पुलको धादिङतर्फको खण्ड भत्काएको छ । बाढीले खोला छेउका केही घर पनि बगाएको स्थानीय सन्तोष पौडेलले जानकारी दिए ।

    त्यस्तै धादिङको जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको छ भने ४ वटा पुरिएको छ । धादिङको फर्केखोला, गलौंदी, गल्छीको महेशखोला क्षेत्रमा पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले जानकारी दिए ।

    १ जना बेपत्ता दुई जना घाइते

    धादिङमा पहिरोका कारण एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन् । डीएसपी खड्काका अनुसार गजुरी गाउँपालिका– २ मा पहिरोले ६ घरमा क्षति भएको छ, एक जना बेपत्ता र एइक जना घाइते भएका छन् । त्यस्तै बेनिघाट रोराङ गाउँपालिकामा एक जना घाइते भएका छन् ।

    mouwakhola-1.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ