काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्यमा गिरावट आएको छ । सुन आज एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार सुनको मुल्य तोलाको एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको मुल्य तोलाको दुई हजार एक सय ५० रुपैयाँ थियो ।