बिहीबार , असोज ३ गते २०८१

मदन भण्डारी फाउण्डेशन कास्कीले आफ्ना सल्लाहकार एवं शुभचिन्तकहरु नेपाल सरकारबाट बिभिन्न स्थानमा मनोनित हुनुभएकोमा सम्मान तथा बधाइ

मदन भण्डारी फाउण्डेशन कास्कीले आफ्ना सल्लाहकार एवं शुभचिन्तकहरु नेपाल सरकारबाट बिभिन्न स्थानमा मनोनित हुनुभएकोमा सम्मान तथा बधाइ

अखबार दैनिक
शनिबार, साउन ३ २०७७
  • मदन भण्डारी फाउण्डेशन कास्कीले आफ्ना सल्लाहकार एवं शुभचिन्तकहरु नेपाल सरकारबाट बिभिन्न स्थानमा मनोनित हुनुभएकोमा सम्मान तथा बधाइ


    तिर्थ केसी
    पोखरा श्रावण ०३ ।
    मदन भण्डारी फाउण्डेशन कास्कीले आफ्ना सल्लाहकार एवं शुभचिन्तकहरु नेपाल सरकारबाट बिभिन्न स्थानमा मनोनित हुनुभएकोमा सम्मान तथा बधाइ ज्ञापन गरेको छ । यसरी सम्मानित हुनूहुनेमा नेकपाका केन्द्रिय सदस्य एवं मदन भण्डारी फाउण्डेशन गण्डकी प्रदेशका सचीव भिम कार्की नेपाल सरकारको मन्त्री परीषदको निर्णय अनुसार गठीत उच्चस्तरीय भुमी सम्बन्धि समस्या समाधान आयोगको केन्द्रिय सदस्य एवं प्रवक्ता , नेकपा जिल्ला कमिटी सदस्य एवं मदन भण्डारी फाउण्डेशन कास्कीका सल्लाहकार नारायण बास्तोला राष्ट्रीय आवास कम्पनी लि को महाप्रबन्धक र मदन भण्डारी फाउण्डेशन कास्कीका शुभचिन्तक प्राध्यापक डा सरोज कोइराला पृथ्वीनारायण क्याम्पस पोखराको क्याम्पस प्रमुख रहेका छन ।
    शनिबार आयोजित सम्मान कार्यक्रममा फाउण्डेशन कास्कीका अध्यक्ष माधब बास्तोला एवं सल्लाहकार तेजनारायण अधिकारीले अबिर मालाले सम्मान गरेका थिए ।
    सो अवसरमा बोल्दै सम्मानित ब्यक्तीहरुले आफुमा जिम्मेवारी थपिएको र ऊक्त जिम्मेवारी वहन गर्न सदैव सहयोग र सहकार्यको आवश्यकता औल्याएका थिए । आफुहरुले सो जिम्मेवारी पाउनु मा मदन भण्डारी फाउण्डेशन को कतै न कतै भुमिका रहेको चर्चा गर्दै उनिहरुले सदस्यहरुको नेतृत्व बिकासमा फाउण्डेशनको उल्लेख्य भुमिका रहेको धारणा व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै फाउण्डेशनका सल्लाहकार तेजनारायण अधिकारीले सम्मानित व्यक्तीहरुले समाजवादको अभियान र मर्मलाइ टेवा पुर्याउने गरी कार्य गर्न आग्रह गरे । जिम्मेवारी पाउनु भन्दा निभाउनु महत्वपुर्ण हो भन्दै अधिकारीले कार्यकालको अन्त्यमा शिर ठाडो पारेर आफुले गरेका कार्यहरुको फेहरिस्त जनता माझ प्रष्ट पार्नु पर्ने आवश्यकता औल्याए ।
    फाउण्डेशन कास्कीका अध्यक्ष माधब बास्तोला को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य हिरा गिरी ले गरेकी हुन ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ