बिहीबार , असोज ३ गते २०८१

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा गएको पहिरोमा परी तीन जनाको मृत्यु

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा गएको पहिरोमा परी तीन जनाको मृत्यु

अखबार दैनिक
शुक्रबार, साउन २ २०७७
  • कास्कीको माछापुच्छ्रे गाउँपालिकामा गएको पहिरोमा परी तीन जनाको मृत्यु

    जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा आज बिहान खसेको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ।

    images

    वडा नं ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५:४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाति १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए।

    सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका थिए। घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो।

     

    ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले बताए।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ