काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार ३५.७३ अंकले घटेर २६५८.९३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । सोमबार ९ अर्ब २२ करोडको कारोबार भएको बजारमा मंगलबार ६ अर्ब ६७ करोडको कारोबार भएको छ ।
त्यसैगरी मंगलबार ३४ कम्पनीको सेयर मुल्य बढेको छ भने २१४ कम्पनीको सेयर मुल्य घटेको छ ।