बिहीबार , असोज ३ गते २०८१

मुलकको दोस्रो सरुवा रोग अस्पताल पोखरामा

मुलकको दोस्रो सरुवा रोग अस्पताल पोखरामा

अखबार दैनिक
शुक्रबार, साउन २ २०७७
  • मुलकको दोस्रो सरुवा रोग अस्पताल पोखरामा

    प्रदेश सरकारले गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश सरकारले आफ्नो स्वामित्वमा रहने गरी पोखरा महानगरपालिका वडा नं ३० को मोहोरियामा संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल सञ्चालनमा ल्याएको हो । लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्वमा रहेको उक्त अस्पताल गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएपछि गण्डकी प्रदेश सरकार मातहतको गण्डकी प्रदेश संक्रामक तथा सरुवा रोग नियन्त्रण अस्पताल नामकरण गरिएको हो ।
    मुलुकमै एउटा मात्रै सरुवा रोग अस्पताल रहेको काठमाडौंपछि दोस्रो अस्पताल पोखरामा स्थापना भएको हो । अस्पतालमा रहेका ४२ जना कर्मचारी यथावत राख्ने र अर्को व्यवस्था नहुँदासम्म लायन्स अस्पतालकै व्यवस्थापन समितिले काम गर्ने गरी अस्पताल सञ्चालनमा ल्याईएको हो ।
    बिहिबार अस्पतललाई गण्डकी प्रदेश सरकारको स्वामित्वमा सञ्चालन गर्न मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र अस्पतालका अध्यक्ष रमानाथ पौडेलले सम्झौतापत्र साटासाट गर्नुभयो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालको भौतिक संरचना तयार भए पनि प्रभावकारी सेवाका लागि प्रदेश सरकारले जिम्मा लिने बताउनु भयो । प्रदेशका जनतालाई सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा प्रदानगर्नका लागि प्रशासनिक सेवा देखि आधुनिक र ब्यवस्थीत सेवाका लागि के गर्न सकिन्छ त्यसका बारेमा सामुहिक रुपमा अगाडी वढ्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
    गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तरगत रहने गरि भएको सम्झौता पत्रमा अस्पतालको तर्फबाट अध्यक्ष रमानाथ पौडेल र सामाजिक विकास मन्त्रालयका निमित्त सचिब तेज प्रसाद काफले हस्ताक्षर गरेका छन् भने रोहोवरमा स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्मा रहनुभएको छ । कार्यक्रममा सामाजिक विकास मन्त्री नरदेवी पुन, कास्की क्षेत्रनं १(क)का सांसद दीपक कोइराला लगाएतको उपस्थिती रहेको थियो ।

    images

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ