बिहीबार , असोज ३ गते २०८१

मन्त्री लम्सालको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम तर्फ सत् प्रतिशत प्रगति

मन्त्री लम्सालको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम तर्फ सत् प्रतिशत प्रगति

अखबार दैनिक
बिहीबार , साउन १ २०७७
  • मन्त्री लम्सालको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम तर्फ सत् प्रतिशत प्रगति


    पोखरा
    गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम तर्फका सबै योजनाहरु सम्पन्न भएका छन् । आर्थिक वर्ष २०७६/०७७ को लागी छनौट गरिएका निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका योजनाहरुको काम करिब  सत प्रतिशत भएको हो । कोरोना महामारीको नियन्त्रण तथा रोकथाम गर्न जारी गरिएको लकडाउन अर्थाथ बन्दाबन्दीमा पनि ९९.१७ प्रतिशत प्रगति भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा २ करोड रकम थियो । यसको अख्तियारी तथा योजना कार्यन्वयन गर्ने जिम्मा जलस्रोत तथा सिंचाई डिभिजन विकास कार्यलयलाई दिइएको थियो । नागरिकहरुलाई सहजहोस् भनेर निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट छनौट गरिएका योजनाको सम्झौता गर्न मन्त्री लम्सालको सचिवालय र जलस्रोत तथा सिंचाई डिभिजन विकास कार्यलयका इञ्जिनियरहरु कार्यक्षेत्रमै पुगेका थिए । मन्त्री लम्सालले निर्वाचन क्षेत्रमा २५ ओटा योजना छौनोट गर्नुभएको थियो । .
    मन्त्री लम्सालले कोरोना भईरसको विषाम परिस्थितिमा पनि यस खालको प्रगति हासिल गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले उपभोक्ता समिति, जलस्रोत तथा सिंचाई डिभिजन विकास कार्यलयलाई बिशेष धन्यवाद ज्ञापन गर्नुभयो । आफु संविधान सभामा हुदाँ तथा साबिक जी.बि. स. र विषयगत कार्यालयका अधुरा आयोजना यो बर्ष सम्पन्न गर्ने अवसर मिलेको बताउदै न्यून लागतमा उच्च प्रतिफल दिने तथा उपलब्धिमूलक योजना आफुले छनौट गरेको उहाँको भनाई थियो ।
    गण्डकी प्रदेशका अधिकांस निर्वाचन क्षेत्रहरुमाभने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका योजनाहरु १०० प्रतिशत प्रगति भएको देखिदैन् । केही प्रदेश सभाका सदस्यहरुले त प्रदेश सभामा लकडाउन अर्थात बन्दाबन्दीका कारण निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम प्रभावित भएको भन्दै म्याद थप्नुपर्ने माग गरेका थिए ।
    यस्ता थिए मन्त्री लम्सालले छनौट गरेका योजना
    १.नेपाल तारा मा.वि. विहादी गाउँपालिका वडा नं. ३ रानीपानी २५ लाख
    २. सामुदायीक भवन फलेवास न.पा. ६ देविस्थान २५ लाख
    ३. गुरुङ गुम्वा फलेवास न.पा. ६ देविस्थान ७ लाख ७५ हजार
    ४. देवि मन्दिर फलेवास न.पा. १० कुर्घा न्वाखर्क ५ लाख
    ५. देवि मन्दिर फलेवास न.पा. ५ खानीगाउँ अर्मना ५ लाख
    ६. जनता मा.वि.फलेवास न.पा. ६ देविस्थान ५ लाख
    ७. गौरादेवी मन्दिर विहादी गा.पा. ५ उराम ५ लाख
    ८. अम्वोट नि.मा.वि. फलेवास न.पा. ७ लाख मुडिकुवा ५० हजार
    ९. झ्याउसीङ श्रीकांग सात्ले सडक पाङग्राङ फ.न.पा. ११ ५ लाख
    १०. वहाकी भञ्ज्याङ–माझगाउँ–मिथ्लांगा–काब्राङ छाप शालिग्राम देउराली सडक विहादी गा.पा. ६ ५ लाख
    ११. माटेदेवल जनसहयोगी विद्यालय मुडिकुवा ८ लाख ५० हजार
    १२. त्रिवेणी क्याम्पस पैयूँ गा.पा. २ १० लाख
    १३. दुक्तान सभाहल महाशिला गा.पा.५ लुंखु १० लाख
    १४. गुरुङ मण्डली भवन वहानी डाँडा पैयूँ गा.पा. हुवास ९ लाख
    १५. फलामखानी खेलमैदान महाशिला गा.पा.६ ५ लाख
    १६. यज्ञश्वर आधारभुत विद्यालय ४ लाख
    १७. मेहलपोखरी पत्यार फेदी सडक ५ लाख
    १८. कार्कीथर भंगरा सिरुवारी सडक प.न.पा. ९ भंगरा ७ लाख
    १९. बगाले विश्वकर्मा मन्दिर पैयूँ गा.पा.३ वेउलीवास ३ लाख
    २०. र्गोल्याङधाम आधारभुत बिद्यालय सभाहल निर्माण महाशिला १ होश्राङदी १० लाख
    २१. चनौटे –निगालीखर्क–हिरुखर्क सडक महाशिला गा.पा. बालाकोट ६ लाख २५ हजार
    २२. कृषि उपज संकलन केन्द्र सिरुवारी फ.न.पा. २ लाख
    २३. बाघे ढुंगा देवि मन्दिर फलेवास न.पा.१ कार्कीनेटा १० लाख
    २४. शंकरपोखरी कृषि उपज संकलन केन्द्र निर्माण फ.न.पा. ३ १० लाख
    २५. ठानामौला खेलमैदान फ.न.पा. ८ ५ लाख

    images

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ