बिहीबार , असोज ३ गते २०८१

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा दुई घर पुरिए, केही बेपत्ता

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा दुई घर पुरिए, केही बेपत्ता

अखबार दैनिक
बिहीबार , साउन १ २०७७
  • सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा दुई घर पुरिए, केही बेपत्ता

     सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुरिएका छन् ।

    images

    दुई घर पहिरोमा पुरिँदा घरभित्रै रहेका केही व्यक्तिहरु बेपत्ता भएका छन् । कतिजना बेपत्ता भए भन्ने एकीन जानकारी आइसकेको छैन ।

    तर, स्थानीयबासीले पाँच जना बेपत्ता भएको सूचना दिएको गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पा लामाले अनलाइनखबरलाई बताइन् ।

    घटना राति करिब साढे १ बजेको हो । प्रहरी घटनास्थलमा पुगेको छैन ।

    पहिरोले फुल्पिङकट्टीकै एक स्कुलको कम्पाउन्डमा पनि क्षति पुर्याएको छ ।

    बिहीबार बिहानपख २ बजेतिर बलेफी नदी जलबिरे सिन्धुपाल्चोक बाढी मापन केन्द्रमा एक्कासी जलसतह एक मिटर बढेर सतर्कता आसपासको बाढी आएको थियो । बाढी बढ्दो क्रममा छ ।

    त्यसैले बाढी पूर्वानुमान महाशाखाको बाढी सूचना केन्द्रले सुनकोशीको तटीय क्षेत्रमा हुनेहरूलाई दिउँसोसम्मै सुरक्षित रहन आग्रह गरेको छ ।

     

    साभारः अनलाईन खवर डट कम

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ