जेठ ४ काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।