बिहीबार , असोज ३ गते २०८१

किन जोगाउंदै कैलाश खड्कालाई ? ‘विज्ञ’लाई विज्ञ नियुक्त गरेको हो के अपराध भयो : श्रम मन्त्री

किन जोगाउंदै कैलाश खड्कालाई ? ‘विज्ञ’लाई विज्ञ नियुक्त गरेको हो के अपराध भयो : श्रम मन्त्री

अखबार दैनिक
शुक्रबार, असार २६ २०७७
  • किन जोगाउंदै कैलाश खड्कालाई ? ‘विज्ञ’लाई विज्ञ नियुक्त गरेको हो के अपराध भयो : श्रम मन्त्री

    २६ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिकमन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार बोर्डमा कैलाश खड्कालाई गरिएको मनोनयनको बचाउ गरेका छन् ।

    images

    रायले हालै मात्र खड्कालाई वैदेशिक रोजगार विज्ञ र हेम गुरुङलाई वैदेशिक रोजगार सम्बन्धी सीपमूलक र अभिमुखीकरण तालिम सञ्चालकको कोटामा मनोनीत गरेका थिए ।  मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न बायोमेट्रिक प्रणाली सञ्चालन गरी ठगी गरेको आरोपमा खड्कामाथि मुद्दा नै चलेको थियो ।

    खड्काले अदालतबाट भने सफाइ पाए । तर उनै खड्कालाई श्रमिकहरुको हकहितमा काम गर्नुपर्ने वैदेशिक रोजगार बोर्डको सदस्य नियुक्त गरेपछि मन्त्री रायको आलोचना भएको छ ।

    ससंदको श्रम समितिको शुक्रबार बसेको बैठकमा मन्त्री रायले भने आफ्नो निर्णयको बचाउ गरेका छन् । आरोप लाग्दैमा केही अपराधी नहुने भन्दै उनले भने, ‘आरोप जसलाई पनि लाग्न सक्छ, आरोप लाग्दैमा मान्छे दोषी हुँदैन । अदालतले प्रमाणित गरेपछि दोषी हुने हो र, अदालतले क्लिन चिट दिएपछि दोषी हुँदैन ।’

    तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले गरेको कारबाहीतर्फ संकेत गर्दै उनले मन्त्रालयसँग लफडा देखिएको बताए । ‘त्यो मन्त्रालयसँग जतिबेला लफडा भयो, त्यसपश्चात विज्ञका रुपमा रहेको मन्त्रालयकै रकेर्ड छ’ मन्त्री रायले भने, ‘विज्ञका रुपमा पहिल्यै राखेकाले मैले पनि विज्ञका रुपमा नियुक्त गर्दा के अपराध गरेँ ?’

    उनले अघि भने, ‘विज्ञ (समूहमा मनोनित) त निवर्तमानमन्त्री वा त्यसबेलाको व्यवस्थापनले गरेको हो । त्यही विज्ञमध्ये एकलाई मैले (बोर्डमा) नियुक्त गरेको हुँ ।’

    यसलाई लिएर शंका नगर्न मन्त्री रायले आग्रह गरे । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘विज्ञको रुपमा मन्त्रालयको रेकर्डमा रहेको र अदालतबाट क्लिन चिट पाएकाले मैले नियुक्त गरेको हुँ । माननीय ज्यूहरुले जुन शंका गर्नु भएको छ, त्यस्तो केही छैन । मेरो मनमा पनि छैन, चाहना पनि छैन ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ