बिहीबार , असोज ३ गते २०८१

पहिरोमा पुरिएर पोखरामा ६,लमजुङमा ३ जनाको ज्यान गयो,म्याग्दीमा १० जना वेपत्ता

पहिरोमा पुरिएर पोखरामा ६,लमजुङमा ३ जनाको ज्यान गयो,म्याग्दीमा १० जना वेपत्ता

अखबार दैनिक
शुक्रबार, असार २६ २०७७
  • पहिरोमा पुरिएर पोखरामा ६,लमजुङमा ३ जनाको ज्यान गयो,म्याग्दीमा १० जना वेपत्ता

    अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखरामा मात्रै ६ जनाको मृत्यु भएको छ । पहिरोमा परि ११ जना घाइते भएका छन् ।राति पोखरा महानगरपालिका–१८ सराङकोटका टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा ५जनाको मृत्यु भएको छ । उक्तघटनामा परि घाइते भएका ८ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    images

    थापाको घरमा बिहीबार साँझ जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा १३ जना रहेको बताइएको छ ।उता पोखरा महानगरपालिका–२५ हेमजामा घर पहिरोमा पुरिँदा ७० वर्षीया महिालाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
    पोखरा १७ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी उनि सहित उनकी श्रीमति र छोरा घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ ।

    उता लमजुङको वेशीसहर नगरपालिका वडानं ७मा पहिरोले घर पुरिदा एकै घरका ३ जनाको मुत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मुत्युहुनेहरुमा दीपक तामाङ, उनकी श्रीमती विमाया तामाङ र छोरा सेवाङ तामाङ रहेका छन् ।

    उता म्याग्दीको धौलागिरी गाउँपालिका वडानं ६मा दुई घर पहिरोले पुरिदा १० जना वेपत्ता भएका छन् । अहिले सम्म गण्डकी प्रदेशकोे ११ जिल्ला मध्य ३ जिल्लामा बर्षाको कारण क्षतिभएको विवरण प्राप्त भएको एसएसपी किरण राणाले जानकारी दिनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ