बिहीबार , असोज ३ गते २०८१

नेकपामा बिश्वासको नयाँ आशा, माधव पक्ष सशंकित

नेकपामा बिश्वासको नयाँ आशा, माधव पक्ष सशंकित

अखबार दैनिक
मंगलबार, असार २३ २०७७
  • नेकपामा बिश्वासको नयाँ आशा,  माधव पक्ष सशंकित
    २३ असार, काठमाण्डौं । सत्तारू नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्षनेताहरूबीच विश्वासको संकट बडिरेहेको बेला केहि आशा बढाएको छ । 

    आइतबार दिउँसो प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)आ-आफ्ना समूहका पाँचजना नेतासहित बालुवाटारमा छलफलमा बसेका थिए ।
    अब भने नेकपाको विवादले यौटा सकारात्मक मोड लिने लक्षण देखा परेको छ ।
     
    दुई अध्यक्षवीच अब एक्लाएक्लै बस्ने र त्यसमा हुने सहमतिलाई सबै वरिष्ठ नेताहरु बसेर टुंगोमा पुर्याउनेवारे प्रधानमन्त्री सकारात्मक हुनुभएको बताईअको छ  ।
     
    पहिलो अध्यक्ष केपी शर्मा ओलीले “के के विकल्प छन् ल्याउनोस्,छलफल गरौं ! भनेपछि केहि लचिलोपनको संकेत देखिएको हो ।
    हिजोसम्म उहाँ अध्यक्ष र प्रधानमन्त्री छाड्ने कुरै नगर्नोस्,यसबाहेकका अरु विषय छन् भने कुरा गर्न सकिन्छ भन्ने अडानमै हुनुहुन्थ्यो । 
     
    तर माधव नेपाल पक्षको सहभागिताविनै कार्यदल बनेको भन्दै माधव नेपाल पक्षका नेताहरू सशंकित भएका छन । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ