२१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशालि नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले राष्ट्रपतिलाई महाअभियोग प्रस्ताव ल्याउने भनेर झुठो प्रचार गरिएको बताउनु भएको हो ।
उनले आफ्नो स्वार्थका लागि अनर्गल प्रचार नगर्न र यो गरिमामय संस्था हो यसको अबमुल्यांकन नगरी विवादमा नतान्न आग्रह समेत गर्नु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरू भइरहेको बिर्फिङ गर्दै छलफलमा आफूलाई प्रधानमन्त्री पदबाट हटाउने र राष्ट्रपतिविरूद्ध माहाअभियोग लगाउने षड्यन्त्र गरिएको बताएका थिए ।
त्यसैतर्फ लक्षित गर्दै नेकपा प्रवक्ता श्रेष्ठले आफ्नो सामाजीक सन्जाल ट्वीटर हेन्लेडलमा खेका छन्, ‘राष्ट्रपतिको विरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं ।’
राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो भन्दै श्रेष्ठले यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतान्न आग्रह गरेका छन् । उनले महाअभियोग ल्याउने प्रस्तावको झुठो प्रचारमा राष्ट्रपति स्वयंको पनि ध्यान जाने विश्वास व्यक्त गरेका छन् ।