आइतबार, मंसिर ९ गते २०८१

१ करोड १० लाखभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण

१ करोड १० लाखभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण

अखबार दैनिक
शनिबार, असार २० २०७७
  • १ करोड १० लाखभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण

    २० असार, काठमाडौं । विश्वभर १ करोड १० लाख ४५ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ५ सय ७७ पुगेको छ ।

    images

    कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा २७ लाख ९३ हजार बढीमा कोरोना पुष्टि भएको छ । अमेरिकामा हालसम्म १ लाख २९ हजार ४ सय ३० जनाको मृत्यु भएको छ ।

    संक्रमणको आधारमा ब्राजिल दोस्रो स्थानमा छ । ब्राजिलमा १५ लाख ३९ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६१ हजार ८ सय ८४ जनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार