बिहीबार , असोज ३ गते २०८१

४ जील्ला सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२

४ जील्ला सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२

अखबार दैनिक
शुक्रबार, असार १९ २०७७
  • ४ जील्ला सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२

    १८ असार, पोखरा  । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ४ जिल्लामा कोरोना संक्रमितको संख्या बढेको हो ।

    images

    शुक्रबार कोरोना संक्रमण पुष्टि हुनेमा १९ जना नवलपरासीका छन् । कावासोती नगरपालिकाका २२ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    सोही नगरपालिकाकै २३, २६ र ४० वर्षका ३ जना महिलामा पनि कोरोना संक्रमण भेटिएको छ ।

    नवलपरासीकै मध्यविन्दु नगरपालिकाका १० देखि ३३ वर्ष उमेर समूहका ४ जना पुरुष र ३० वर्षीय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको चिवतनमा परीक्षण गरिएको थियो ।

    त्यस्तै, तनहुँमा शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशालामा गरिएको परीक्षण अनुसार तनहुँको भिमाद र ऋषिङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या थपिएको हो ।

    प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ भिमाद नगरपालिकाका २२ र २४ वर्षको २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । ऋषिङ गाउँपालिकाको २३ देखि ४७ वर्ष उमेर समूहका ७ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

    त्यस्तै पर्वतको बिहादी, पैयूँ र फलेबास नगरपालिकामा २९, १८ र ३४ वर्षका ३ पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यस्तै बागलुङको जैमिनी नगरपालिकामा पनि २१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको डा शर्माले जनाए ।

    योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ६३ पुगेको छ । जसमध्ये २ जना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । प्रदेशभरि कोरोना भाइरसलाई जितेर घर फर्किनको संख्या २ सय ९६ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ