आइतबार, जेठ ६ गते २०८१

सबैभन्दा बढी संक्रमित बिहीबार २ लाख ८ हजार ८६४ ,मृतक ५ हजार १५५

सबैभन्दा बढी संक्रमित बिहीबार २ लाख ८ हजार ८६४ ,मृतक ५ हजार १५५

अखबार दैनिक
शुक्रबार, असार १९ २०७७
  • सबैभन्दा बढी संक्रमित  बिहीबार २ लाख ८ हजार ८६४ ,मृतक ५ हजार १५५

    १९ असार, काठमाडौं । गत डिसेम्बरको अन्त्यदेखि देखिन थालेको कोरोना भाइरस (कोभिड–१९) मा सातौं महिनामा आइपुग्दा सबैभन्दा बढी संक्रमित देखिएका छन् । 

    images

    एकैदिन बिहीबार २ लाख ८ हजार ८६४ जना संक्रमित देखिएका छन् । यो अहिलेसम्मकै उच्च संख्या हो । 

    सबैभन्दा बढी अमेरिकामा ५७ हजार २३६, ब्रजिलमा ४७ हजार ९८४, भारतमा २१ हजार ९८४, दक्षिण अफ्रिकामा ८ हजार ७२८, रुसमा ६ हजार ७६० र मेक्सिकोमा ५ हजार ६८१ जना संक्रमित थपिएका छन् । 

    मृतक 
    मृतक ५ हजार १५५ जना थपिएका छन् । सबैभन्दा बढी ब्रजिलमा १ हजार २७७ जना संक्रमित थपिएका छन् । मेक्सिकोमा ७४१, अमेरिकामा ६८७, भारतमा ३७७, पेरुमा १८५, कोलम्बियामा १७१, चिलीमा १६७, इरानमा १४८ जना मृतक थपिएका छन् । 

    कति पुगे संक्रमित र मृतक ? 
    विश्वभर १ करोड ९ लाख ८२ हजार २३६ जना संक्रमित पुगेका छन् । मृतक ५ लाख २३ हजार ९४७ पुगेका छन् । अहिलेसम्म ६१ लाख ३९ हजार ६११ जनालाई निको भएको छ । 

    अहिले ४२ लाख ६० हजार ५४४ जना संक्रमित रहेका छन् । तीमध्ये ५८ हजार १३४ जनाको स्वास्थ्य गम्भीर अवस्थामा रहेको छ । 

    निको हुने र मृत्यु हुनेको प्रतिशत हेर्दा ९२ प्रतिशतलाई निको भएको छ भने ८ प्रतिशतको ज्यान गएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार