सोमबार, भदौ ३१ गते २०८१

प्रतिकृयावादी शक्तिको चाहाना पूरा गर्ने गरी पार्टी बिभाजन, जनतालाई धोखा दिने कार्य नगरौं र कसैलाई गर्न नदिऔं : नारायणकाजी श्रेष्ठ

प्रतिकृयावादी शक्तिको चाहाना पूरा गर्ने गरी पार्टी बिभाजन, जनतालाई धोखा दिने कार्य नगरौं र कसैलाई गर्न नदिऔं : नारायणकाजी श्रेष्ठ

अखबार दैनिक
बिहीबार , असार १८ २०७७
  • प्रतिकृयावादी शक्तिको चाहाना पूरा गर्ने गरी पार्टी बिभाजन, जनतालाई धोखा दिने कार्य नगरौं र कसैलाई गर्न नदिऔं : नारायणकाजी श्रेष्ठ

    १८ असार, काठमाण्डौं ।नेकपा का प्रवक्ता ले पार्टी एकता र यस्तो महत्वलाई चिन्ताका साथ  उजागर गर्दै प्रतिकृयावादी शक्तिको चाहाना पूरा गर्ने गरी पार्टी बिभाजन, जनतालाई धोखा दिने कार्य नगरौं र कसैलाई गर्न नदिऔं भनि आफ्नो सामाजिक संजाल टुईटर हेन्डलमा पोष्ट गर्नु भएको छ । 

    images

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूले पार्टी फुटको संघारमा पुगेको निष्कर्ष निकालेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने गरी अध्यादेश ल्याउन लागेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको आरोप छ ।

    स्थायी कमिटी बैठक चलिरहेका बेला गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चबाटै भारतले आफूलाई पदबाट हटाउन खोजेको र नेपालकै नेताहरू त्यसमा लागेको अभिव्यक्ति दिएलगत्तै नेकपाको विवाद सघन बनेको हो ।

    यसैगरी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पार्टी एकतामा गम्भीर संकट आएको बताएका छन् । पार्टी एकता गम्भीर संकटको मोडमा पुग्न लागेको त होइन भन्ने गम्भीर चासोसहित  एकतालाई हरहालतमा रक्षा गर्न र पार्टी, सरकार र राष्ट्रको आवश्यकता पूरा गर्नेगरी अगाडि बढ्न आपसी छलफल गर्नुपर्ने बताएका छन भने उहांले आफ्नो आधिकारिक टुईटर हेन्डलमा समेत कमरेडहरु हो! यस संकटको घडीमा पार्टी एकताको रक्षा र क्रान्तिकारी रुपान्तरणको निम्ति आ-आफ्नो ठाँउबाट भुमिका खेलौं।देश र जनतालाई धोखा दिने कार्य नगरौं र कसैलाई गर्न नदिऔं । भनि चिन्ताका साथ लेख्नु भएको छ उहाँले थप टुईटरमा यसरि पोष्ट गर्नु भएको छ २००६ सालमा नेकपाको स्थापना भए जत्तिकै ऐतिहासिक महत्वको महान् कार्य हो हाम्रो पार्टी एकता र आजको एकीकृत नेकपाको गठन।अत: प्रतिकृयावादी शक्तिको चाहाना पूरा गर्ने गरी पार्टी बिभाजन गर्ने,पुँजीवादी पार्टीको रुपमा बदल्ने वा पार्टीको बिघटन वा बिसर्जन गर्ने कार्य स्विकार्य हुनै सक्तैन

    BB227518-FEE8-4D32-B96C-B48A85237F8A.jpeg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ