गोरखा १७, असार
काठमाडौंमा बसि पर्यटन व्यवसायमा संलग्न, नेपालि कांग्रेस गोरखाका माहाधिवेसन प्रतिनिधि प्रेम कुमार खत्रीद्वारा कोरोना भाईरस (COVID-19) को शङ्कास्पद विरामिहरुको स्वाव संकलन गर्ने VTM गोरखाको एघार औटै स्थानीय तहलाई होटल मिरकल गोरखाको सभाहलमा एक समारोहको विच वितरण गरियो । जस अनुसार गोरखा न.पा., भिमसेन गा.पा.लाई २५० गोटा, गण्डकी गा.पा., पालुङ्गटार न.पा, शहिद लखन गा.पा. र आरुघाट गा.पा. लाई २०० गोटा, अजिरकोट गा.पा., सिरानचोक गा.पा., बारपाक सुलिकोट गा.पा. लाई १५० गोटा, धार्चे गा.पा. लाई १०० र गोरखा नगरपालिकाको गोरखा क्याम्पस स्थीत आईसोलेसनलाई १५० गोटा गरि जम्मा २००० थान VTM वितरण गर्नुभयो । त्यसै गरी चुमनुब्रि गा.पा. र सहिद लखन गा.पा.लाई १००० थान को दरले २००० थान सर्जिकल माक्स समेत वितरण गरियो ।
११ औटै स्थानिय तहका प्रमुखहरु उपस्थित भएको सो समारोहमा कोरोना भाईरस सम्बन्धीत समाचर संकलनकामा संलग्न पत्रकारहरुको स्वास्थ्य सुरक्षामा ध्यान पुराउदै २००० थान सर्जिकल माक्स तथा १०० थान सेनेटाईजर समेत वितराण गरीयो ।