बुधबार, वैशाख ११ गते २०८२

कामदार बोक्ने बसमा रुसी ड्रोन हमलाः नौ जनाको मृत्यु, ३० घाइते

कामदार बोक्ने बसमा रुसी ड्रोन हमलाः नौ जनाको मृत्यु, ३० घाइते

अखबार दैनिक
बुधबार, वैशाख ११ २०८२
  • कामदार बोक्ने बसमा रुसी ड्रोन हमलाः नौ जनाको मृत्यु, ३० घाइते

    युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमलामा कम्तीमा नौ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको गभर्नरले जानकारी दिएका छन्।

    images

    ‘दक्षिणपूर्वी सहर मार्गानेट्समा ‘शत्रुको आक्रमणबाट नौ जनाको ज्यान गयो’, गभर्नर सेर्गी लिसाकले टेलिग्राममा लेखेका छन्, ‘घाइतेको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ।’ उनले हाल घाइतेको सङ्ख्या ३० पुगेको उल्लेख गरेका छन्।

    युक्रेनी अधिकारीहरूले रुसी आक्रमणपछि धेरै क्षेत्रमा आगलागी भएको भनेका छन्। किभ, खार्किभ, पोल्टावा र ओडेसाका क्षेत्रहरूमा पनि आक्रमण भएको जनाइएको छ।

    रुसमा बेलगोरोड क्षेत्रमा भएको गोलाबारीमा एक जना घाइते भएको बताइएको छ। तीन वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली देशका दूतहरूले बुधबार बेलायतमा नयाँ चरणको वार्ता गर्ने क्रममा आक्रमण भएको हो। एएफपी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार