सोमबार, भदौ ३१ गते २०८१

डिभिजन वन कार्यलय कास्कीद्धारा निःशुुल्क वोटविरुवा वितरण अभियान शुुरु

डिभिजन वन कार्यलय कास्कीद्धारा निःशुुल्क वोटविरुवा वितरण अभियान शुुरु

अखबार दैनिक
मंगलबार, असार १६ २०७७
  • डिभिजन वन कार्यलय कास्कीद्धारा निःशुुल्क वोटविरुवा वितरण अभियान शुुरु

    पोखरा
    सरकारले यो वर्षलाई वृक्षारोपण वर्षको रुपमा लिएको छ । यसै सन्र्दभमा डिभिजन वन कार्यलय कास्कीले पनि सरकारले घोषण गरेको वृक्षारोपण वर्षलाई सफल बनाउन विभिन्न प्रजातिका बोटविरुवाहरु निःशुुल्क रुपमा वितरण गरेको छ ।
    डिभिजन वन कार्यलय कास्कीका कार्यलय प्रमुुख रामकाजी श्रेष्ठले पोखरा–१७ निवासी ८४ वर्षीय मुुवा बस्नेतलाई धुुपी र वडहरको विरुवा हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका छन् ।
    कार्यक्रममा विरुवा हस्तान्तरण गर्दै उनले सरकारले यस वर्षलाई वृक्षारोपण वर्षको रुपमा लिएको बताउदै नाङ्गा डाडाहरुमा दिर्घकालीन योजना बनाएर रुख रोप्न सबैलाई आग्रह गरेका छन् । उनले यस वर्ष कार्यलयले निजी जग्गामा पनि रुख रोप्ने अभियान चलाएको हुुदाँ सहकार्यको लागि वन कार्यलय तयार भएको पनि स्पष्ट पारेका छन् ।
    कास्कीमा वोटविरुवाको माग उच्च भएतापनि न्यूून उत्पादन भएको पनि कार्यक्रम मार्फत उनले जानकारी दिएका छन् । प्रमुुख श्रेष्ठका अनुुसार कार्यलयमा विभिन्न प्रजातिका ६० हजार बोटविरुवा भएको र सो बोटविरुवा आज सोमबारबाट विभिन्न संघसस्था, शैक्षिक क्षेत्र र व्यक्तिहरुलाई निःशुुल्क रुपमा वितरण गर्न शुुरु गरिएको पनि बताएका छन् ।
    सो बोटविरुवा लाने संघसस्था, शैक्षिक क्षेत्र र व्यक्तिहरुको पूूरा विवरण सुुरक्षित गरेर राख्ने र केही समयको अन्तरालपछि डिभिजन वन कार्यलयबाट पूूर्न अवलोकन गर्ने पनि जनाएका छन् । उनले वन तथा वातावरणलाई जोगाउन राष्ट्रिय वृक्षारोपण कार्यक्रमलाई पूूर्ण रुपमा सफल बनाउन सम्पूूर्णमा आग्रह पनि गरेका छन् ।
    त्यस्तै कार्यलयका सहायक वन अधिकृत गोविन्द थापाले आज उद्घाटनको दिनमानै २७० जनालाई १८ हजार विरुवा वितरण गरेको जानकारी दिएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ