काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९१ हजार कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै,आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।