सोमबार, भदौ ३१ गते २०८१

प्रधानमन्त्री केपी शर्मा ओली स्थाई कमिटि बैठकमा हाजिरि जनाएर किन बहिरिए

प्रधानमन्त्री केपी शर्मा ओली स्थाई कमिटि बैठकमा हाजिरि जनाएर किन बहिरिए

अखबार दैनिक
शनिबार, असार १३ २०७७
  • प्रधानमन्त्री केपी शर्मा ओली स्थाई कमिटि बैठकमा हाजिरि जनाएर किन बहिरिए

    १३ असार, काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अनुपस्थित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भयो । शनिबारको बैठकमा भने उनी केहीबेर उपस्थित भए । र, एकैछिनमा बाहिरिए ।

    images

    तेस्रो दिन शनिबार ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक साढे ११ बजेतिर सुरु भएको थियो । बैठकमा उपस्थित भएका प्रधानमन्त्री १२ नबज्दै बाहिरिएको स्रोतले बतायो ।

    5C20E36E-CDE8-4322-9892-91883DBCE7A5.jpeg

    अर्का अध्यक्ष प्रचण्डले अध्यक्षता गरिरहेको हुँदा बैठकमा पूरै समय आफ्नो उपस्थिति जरुरी नहुने र प्रधानमन्त्रीको हैसियतले अरु पनि कामहरु भएको प्रधानमन्त्रीले स्पष्टीकरण दिएको बालुवाटार स्रोतले बतायो ।

    नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बुधबारदेखि सुरु भएको हो । सुरुको दिन बैठकलाई सम्वोधन गरेका प्रधानमन्त्री ओली शुक्रबारको दोस्रो बैठकमा सहभागी भएनन् ।

    शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीको अनुपस्थितिलाई लिएर आक्रोश पोख्दै कतिपय नेताहरुले बालुवाटारको बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा सार्न मागसमेत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ