शनिबार, वैशाख ७ गते २०८२

एकै दिन तोलामा २७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एकै दिन तोलामा २७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

अखबार दैनिक
बुधबार, वैशाख ४ २०८२
  • एकै दिन तोलामा २७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्यले फेरी नयाँ रेकर्ड बनाएको छ । आज सुन तोलामा २७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा खकारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हाल सम्मकै उच्च मुल्य हो ।  मंगलबार सुन प्रतितोला एक लाख  ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी आज चाँदी पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ