मंगलबार, वैशाख ३ गते २०८२

वर्षको अन्तिम दिन घटेर बन्द भयो सेयर बजार

वर्षको अन्तिम दिन घटेर बन्द भयो सेयर बजार

अखबार दैनिक
आइतबार, वैशाख १ २०८२
  • वर्षको अन्तिम दिन घटेर बन्द भयो सेयर बजार

    काठमाडौँ । वर्ष २०८१ को अन्तिम दिन सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका आइतबार नेप्से ८.८४ अंकले घटेको हो । बजार खुलेसँगै घटबढ देखिएको परिसूचक अन्तिममा घटेर २ हजार ६६१ दशमलब ८६ बिन्दुमा पुगेर बन्द भएको हो । 

    images

    यस दिन ६ अर्ब २८ करोड २९ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । जुन कारोबारमा १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको हो । होटल्स एण्ड टुरिजम, इन्भेस्टमेन्ट, म्युचुअल र ननलाइफ इन्स्योरेन्सबाहेक सबै उपसूचकमा गिरावट आएको छ ।  

    यस्तै समग्रमा बजार घटेपनि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्यो भने विन नेपाल लघुवित्तमा नेगेटिभ सर्किट लाग्यो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ