आइतबार, वैशाख १ गते २०८२

बुधबार ९.६६ अंकले बढ्यो सेयर बजार

बुधबार ९.६६ अंकले बढ्यो सेयर बजार

अखबार दैनिक
बुधबार, चैत २७ २०८१
  • बुधबार ९.६६ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको चौथौ कारोबार दिन बुधबार सेयर बजार बढेको छ । आज बजार ९.६६ अंकले बढेर २६७६.२८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब ३० करोडको कारोबार भएको बजारमा बुधबार ४ अर्ब ४८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १५४ कम्पनीको सेयर मुल्य बढेको छ भने ९० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    बुधबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मुल्य सबैभन्दा बढि बढेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ